कोशी प्रदेश का उधोग वाणिज्य संघ तथा वस्तुगत संघको छमाता अभिबृधि सम्बन्धि कार्यशाला

कोशी प्रदेश का उधोग वाणिज्य संघ तथा वस्तुगत संघको छमाता अभिबृधि सम्बन्धि कार्यशाला नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशले जिल्ला नगर र वस्तुगत संघहरुको क्षमता अभिबृद्धि र संस्थागत सवलिकरणको काम थालनी गरेको छ । 
महासंघले बिहीबारदेखि विराटनगरमा दुईदिने कार्यशाला मार्फत संघहरुका पदाधिकारी, सदस्य र सचिवालयका कर्मचारीहरुलाई सहभागी गराएर क्षमता अभिबृद्धि र संस्थागत सवलिकरणको काम अघि बढाएको हो ।
महासंघका अध्यक्ष राजेन्द्र राउतले बिषम् परिस्थितिका कारण हुन नसकेको नगर, जिल्ला र वस्तुगत संघहरुसँगको सम्बन्धलाई आगामी दिनमा सुमधुर बनाउँदै लैजान र संघका पदाधिकारी तथा सदस्यहरुको नेतृत्व क्षमता विकास गर्न कार्याशाला महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नु भएको छ । वहाँले कार्यशालाबाट संघको सचिवालयको कार्यक्षेत्र अझ बलियो हुने र महासंघको मर्म अनुसार संघहरु अघि बढ्न मद्दत पुग्ने बताउनु भयो ।
नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य अविनाश बोहराले सदस्य संस्थाको नेतृत्व विकासका लागि दुई दिने कार्यशाला महत्वपूर्ण हुने बताउनु भयो । उहाँले महासंघले जहिले पनि नगर, जिल्ला र वस्तुगत संघहरुसँगै मिलेर हिंड्दै आएको बताउनु भयो ।
नेपाल शहरी तथा क्षेत्रीय अध्ययन प्रतिष्ठान (नियर्स) र द एशिया फाउण्डेशनको सहयोगमा आयोजित कार्यशालामा बोल्दै नियर्सका अध्यक्ष डा.जगदीशचन्द्र पोखरेलले आर्थिक क्षेत्रका महत्वपूर्ण पक्षहरुको संस्थागत विकासका लागि कार्यशाला महत्वपूर्ण अवसर भएको बताउनु भयो । उद्योग तथा व्यापार क्षेत्रको सहजीकरणमा समेत छलफलका माध्यमबाट स्पष्ट हुनेमा आफु विश्वस्त रहेको बताउनु भयो ।

कार्यशालाको उदेश्यबारे जानकारी दिंदै नियर्सका सदस्य ओम धरानन्द राजोपाध्यायले महासंघका विभिन्न फोरमहरुबाट सदस्य संस्थाहरुको क्षमता विकासको आवश्यकता रहेको कुरा औंल्याइएकोले सहकार्य गरेर कार्यशाला आयोजना गरिएको जानकारी गराउनु भयो ।

कार्यशालामा कोशी प्रदेशका १४ वटै जिल्लाका ३८ वटा जिल्ला नगर उद्योग बाणिज्य संघ मध्ये ३६ वटा संघका अध्यक्ष, प्रतिनिधि र कार्यालय सचिवहरु, एंव विभिन्न वस्तुगत संघका अध्यक्ष एंव प्रतिनिधिहरुको सहभागीता रहेको छ । सहभागीहरुले महासंघका सदस्यहरुको संख्या घट्दै गएको र उद्योगी व्यापारी क्षेत्रमा निसारा बढ्दै गएकोको बेलामा यस्ता कार्यशालाहरुले उत्प्रेरित बनाउन मद्दत पुग्ने अपेक्षा लिएको बताएका छन् । वहाँहरुले सुझाव अनुसार नै छलफल गर्दै मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको योगदानलाई अझ बढाउँदै लैजानुपर्नेमा जोड दिनु भएको छ । दुई दिने कार्यशालाको समापन शुक्रबार हुनेछ ।