नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले भूकम्प पीडितका लागि १ लाखभन्दा बढी सहयोग गर्ने

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले  भूकम्प पीडितका लागि  १ लाख २१ हजार १११ रुपैयाँ राहतस्वरुप उपलब्ध गराउने घोषणा गरेको छ । 

पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिम जिल्लामा गएको भूकम्पबाट जनधनको ठूलो क्षति भएकोमा दु: ख व्यक्त गर्दै महासंघले दुःखद घटनामा परि ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुका साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभाको कामना समेत गरेको छ । 

यसैगरी, महासंघले कोशी प्रदेशका सबै जिल्ला/नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघलगायत उद्योगी व्यवसायीहरुमा समेत आर्थिक लगायत राहत सामग्री लत्ताकपडा, खाद्यान्न, औषधी, पानी जस्ता अत्यावश्क सामग्रीहरु उपलब्ध गराई उद्धार कार्यमा सहयोग पुर्‍याउन अनुरोध गरेको छ ।

साथै महासंघले सहयोग गर्न चाहने संघ वा व्यवसायीहरुले महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम), ९८५२०४००५२ लाई सम्पर्क राख्न समेत अनुरोध गरेको छ ।