पर्यटन व्यवसायी श्रेष्ठलाई भारतमा सम्मान

पर्यटन व्यवसायी श्रेष्ठलाई भारतमा सम्मान विराटनगर । कोशी प्रदेशका पर्यटन व्यवसायी भविश श्रेष्ठलाई भारतमा सम्मान गरिएको छ । भारतको नयाँ दिल्लीमा अन्तर्राष्ट्रिय मानवअधिकार अधिवेशन कार्यक्रममा नेपालको तर्फबाट गएका पर्यटन व्यवसायी श्रेष्ठलाई सम्मान गरिएको हो । कार्यक्रममा मानव अधिकार र क्रस बोर्डरलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा छलफल भएको सम्मानित भएका श्रेष्ठले जानकारी दिए ।  अन्तरदेशीय पर्यटन प्रवर्द्धन तथा भारतीय पर्यटकलाई नेपाल भित्र्याउने बारेमा पनि छलफल भएको थियो । भारतीय पर्यटकहरू नेपालमा आउँदा उनीहरूले पाउने सेवा सुविधा राज्यले गर्नु पर्ने उनीहरूको सुरक्षा र मानवअधिकारको हिसाबले पर्यटकको संरक्षण गर्ने कुरामा नेपालको तर्फबाट अहिले भइरहेको व्यवस्था र त्यसमा नेपालका पर्यटन ब्यवसायीहरुले गरेको सहजीकरणको बारेमा श्रेष्ठले जानकारी दिएका थिए । कार्यक्रममा भारतका विभिन्न प्रदेशबाट पुगेका  भारतीयहरूलाई नेपाल घुम्न आउनकोलागि निम्तो गरिएको छ । नेपालमा प्रशस्त पर्यटनको सम्भावना भएर पनि काम हुन नसकेको अवस्थामा भारतीय पर्यटकलाई मात्र नेपालमा टिकाउन सक्ने खालको नीति राज्यले लिने हो भने पर्यटन क्षेत्रमा कायापलट गर्न सकिने पर्यटन व्यवसायीको भनाई छ।