बैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुलाई निजि छेत्रबाट पुन: एकीकरण निर्देशिका बनाउने सन्दर्भमा आयोजना गरिएको छलफल कार्यक्रम l

बैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुलाई निजि छेत्रबाट पुन: एकीकरण निर्देशिका बनाउने सन्दर्भमा आयोजना गरिएको छलफल कार्यक्रम l

‘विदेशमा सिकेको सीप आर्थिक विकासमा लगाउनुपर्छ’

मोरङ – नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशका कार्यवाहक अध्यक्ष भीम पौडेलले विदेशमा सिकेको सीपलाई मुलुकको आर्थिक विकासमा लगाउनुपर्नेेमा जोड दिएका छन्।

विराटनगरमा आइएलओ दिल्लीको सहयोग र उद्योग वाणिज्य महासंघ काठमाडौंद्वारा बिहीबार आयोजित कार्यक्रममा कार्यवाहक अध्यक्ष पौडेलले विदेशमा श्रम गरेर फर्केकाहरूलाई पुनः एकीकरण गर्दै मुलुकको आर्थिक विकासमा लगाउनुपर्ने उल्लेख गरे।

उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष पौडेलले उद्योग सञ्चालनका लागि वर्तमान अवस्था सहज नभए पनि सकारात्मक सोचसाथ अघि बढ्नुपर्ने बताए।

पौडेलले भने, ‘उद्योग कलकारखाना सञ्चालनका लागि अहिलेको अवस्था सहज छैन। तैपनि, सबैले सकारात्मक सोचसाथ अघि बढ्दा र विदेशमा सिकिएको सीपलाई देशको आर्थिक विकासमा लगाउन सकिने देखिन्छ। यसले मुलुकलाई नै फाइदा हुनेछ। यसका लागि पुनः एकीकरण निर्देशिका बनाउनुपर्ने देखिन्छ।’

कार्यक्रममा प्रमुख शोधकर्ता उद्धवराज पौडेलले निजी क्षेत्रको पुनः एकीकरणमा कार्यक्रम, सरकारको निर्देशिकाका विषयमा जानकारी गराएका थिए।

अरिहन्त मल्टिफाइवर्सका मानव संसाधन प्रबन्धक नारायणप्रसाद लामिछानेले विदेशबाट फर्किएका कामदारको व्यक्तिगत प्रोफाइल बनाउनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा औद्योगिक कोरिडोर कोसीका करिब २५ जना उद्यमी सहभागी थिए। कार्यक्रममा सहभागी अधिकांशले विदेशमा कार्य गरी सीप लिएर फर्किएहरूको पुनः एकीकरण निर्देशिका बनाउनुपर्ने सुझाव दिएका थिए।

श्रमिकलाई समेटेर भरपर्दो तथ्यांक संग्रह गर्नुपर्नेमा जोड दिँदै उनीहरूले माग र आपूर्ति सीप मापनको ब्यवस्थापन हुने बताएका थिए।